परराष्ट्र मन्त्री साउदको संयोजकत्वमा बसेको समन्वय संयन्त्रको बैठकले गर्‍यो यस्तो निर्णय « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

परराष्ट्र मन्त्री साउदको संयोजकत्वमा बसेको समन्वय संयन्त्रको बैठकले गर्‍यो यस्तो निर्णय


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । इजरायलमा रहेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन बसेको समन्वय संयन्त्रको बैठक सकिएको छ।

सोमबार बिहान परराष्ट्र मन्त्री एनपी साउदको संयोजकत्वमा बसेको बैठकले दुई निर्णय गरेको छ।

बैठकले यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने जनाएको छ।

यसैगरी, बैठकले इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानान्तरण गर्न उपाय खोज्ने निर्णय पनि गरेको छ।

सरकारले आइतबार परराष्ट्र मन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन गरेको थियो।

प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ।

आक्रमणमा परी घाइते भएका केहीको अस्पतालमा उपचार भइरहेको छ भने केही अझै सम्पर्कविहीन रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस