सुनको मूल्य बढ्यो, आज तोलाको कति ? « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य बढ्यो, आज तोलाको कति ?


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । सुनको मूल्य फेरि बढ्न थालेको छ । केही दिन लगातार घटेको सुनको मूल्य हिजोदेखि फेरि बढ्न थालेको हो ।

हिजो सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको थियो भने आज फेरि चार सय रुपैयाँले बढेको हो ।

सुन आज तोलामा १ लाख ७ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी आज पनि तोलामा १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस