प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ ।

विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौँ-पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ ।

भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ ।

बुधबार तुम्लिङटारका पनि सबै उडानहरु रद्द भएका छन् । निरन्तरको झरीका कारण काठमाडौँदेखि देशैभरको मौसम प्रतिकूल बनेको छ । यसले उडानमा प्रभाव परेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस