काँग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैन : अध्यक्ष नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैन : अध्यक्ष नेपाल


१७ आश्विन २०८०, बुधबार


जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेपाली काँग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् ।

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्ने स्पष्ट पारे ।

“वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसै कारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमान्दार प्रयत्न गर्न जरुरी छ,” उनले भने, “त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ ।”

अध्यक्ष नेपालले ‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको पार्टी जागरण अभियानका क्रममा पूर्व मेचीबाट पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने पनि बताए ।

एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान-२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस