११ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध विरुद्धको लडाइँमा आसरा केन्द्रको योगदान महत्त्वपूर्ण छ : महानिरीक्षक कुँवर

अ+ अ-

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले लागुऔषध विरुद्धको लडाइँमा आसरा सुधार केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । 

काठमाडौँमा आज भएको आसरा सुधार केन्द्र रानीबारीको २७औँ वार्षिकोत्सव समारोहमा उनले कुलतमा फसेका व्यक्तिहरूलाई पुनः जीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिबद्धताका साथै समाज रूपान्तरणका लागि खेलेको भूमिका पनि उत्तिकै सराहनीय रहेको उल्लेख गरे । 

लागुऔषधको कारोबार तथा लागूऔषधमा सङ्लन्न व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले यसको नियन्त्रणका लागि देशव्यापी रूपमा ‘लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना’ कार्यान्वयनमा ल्याएको उनले जानकारी गराए ।

उनले संस्थाले सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन मद्दत पुर्‍याएको उल्लेख गर्दै राष्ट्र र नागरिक सुरक्षामा अहोरात्र समर्पित नेपाल प्रहरीका समस्त सदस्यलाई उक्त केन्द्रको सामाजिक सेवाले गौरवान्वित बनाएको बताए । 

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र उक्त केन्द्रकी अध्यक्ष लक्ष्मी कुँवरले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्त्वपूर्ण योगदान पुर्‍याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्‍याउने केन्द्रका पूर्वअध्यक्षद्वय ज्ञानु ज्ञवाली र श्रीमती कुशुमलता सिंह तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी उपाध्यक्ष रूपा थापालाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पु¥याउने प्रहरी कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८०’ को विमोचन समेत गरे। 

समारोहमा केन्द्रकी अध्यक्ष कुँवरले केन्द्रका परामर्शदातालाई प्रशंसापत्र र नगद पुरस्कारका साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरे । अध्यक्ष कुँवरले जान अन्जान, परिवेश र परिबन्धले लागुऔषधको दलदलमा फसेका लागुऔषध प्रयोगकर्तालाई कानूनी दण्डबाट दण्डित गरिनुभन्दा पनि सुधारात्मक तथा उपचारात्मक पद्धतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनः मिलनमा फर्काइनुपर्छ भन्ने लक्ष्यका साथ आसरा सुधार केन्द्र स्थापना भएको बताए । 

प्रतिक्रिया दिनुहोस