साफ यू–१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

साफ यू–१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्ने


१८ भाद्र २०८०, सोमबार


काठमाडौँ । नेपालले आज भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दैछ ।

समूह ए मा रहेको नेपाल र बंगलादेशबीतको खेल थिम्पुस्थित चाङलिमियाथाङ स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ ।

नेपालको यो पहिलो खेल हो भने बंगलादेशको दोस्रो खेल हुनेछ । समूह ए को पहिलो खेलमा बंगलादेश भारतसँग १–० ले पराजित भएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने भएकोले नेपालले आजको खेल जिते पनि सेमिफाइनल पुग्नेछ ।

बंगलादेशका लागि भने सेमिफाइनल सम्भावना कायम राख्न नेपालसँग हार टार्नुपर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस