उदयपुरको आठ पालिकामा १५ हजार पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

उदयपुरको आठ पालिकामा १५ हजार पशु चौपायालाई लम्पी स्किन विरुद्धको खोप


१५ भाद्र २०८०, शुक्रबार


उदयपुर । उदयपुरको आठ पालिकामा हालसम्ममा १५ हजार पशु चौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप दिइएको छ ।

जिल्ला भेटेरेनरी पशुसेवा कार्यालय उदयपुरका प्रमुख रामनारायण साहका अनुसार जिल्लाका आठ पालिकामा हालसम्म लम्पी स्किनविरुद्ध १५ हजार डोज औषधि १५ हजार पशुलाई लगाइसकिएको र सोमध्ये ९५ प्रतिशत गाईगोरुमा तथा बाँकी पाँच प्रतिश भैँसीमा खोप लगाइएको हो ।

सबैभन्दा बढी खोप जिल्लाको त्रियुगा नगरपालिकाभित्रका पशुलाई लगाइएको पनि जिल्ला भेटेरेनरी तथा पशुसेवा कार्यालय उदयपुरले बताएको छ । अहिलेसम्म जिल्लाको बजेटले औषधि खरिद गरेर जिल्लाभरिका कुल ६० प्रतिशत पशु चौपायालाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्य पूरा भएको प्रमुख साहले बताए ।

अब ४० प्रतिशत पशु चौपायालाई जिल्लामा खोप लगाउन बाँकी रहेको प्रमुख साहले बताएका छन् । गत चैतदेखि उदयपुरका पशु चौपायामा देखा परेको लम्पी स्किनका कारण हालसम्ममा जिल्लामा करिब पाँच सय ६० पशु चौपाया मरेका छन् भने २० हजारभन्दा बढी सङक्रमित भएका उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस