ओलीले सर्वदलीय बैठकमा पनि हामीलाई निषेध गरे : माधवकुमार नेपाल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ओलीले सर्वदलीय बैठकमा पनि हामीलाई निषेध गरे : माधवकुमार नेपाल


९ भाद्र २०८०, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा उनले सुन तस्करी छानबिनका लागि आयोग गठन गर्न बोलाइएको सर्वदलीय बैठकमा ओलीकै कारण आफ्नो पार्टीलाई सहभागी नगराइएको गुनासो गरेका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने ६ वटा पार्टी सो बैठकमा सहभागी भए पनि ओलीले राष्ट्रिय मान्यता प्राप्त दल मात्रै बस्ने भनेर सो बैठकमा आफ्नो पार्टीलाई सहभागी नगराएको अध्यक्ष नेपालको जिकिर थियो ।

अध्यक्ष नेपालले भने, ‘ओलीले यो पार्टीको मतलब नै नराख्ने । हुँदाहुँदै हिजोअस्ति त संसदमा अरु सबै पार्टी हुन्छ । तर, एकीकृत समाजवादी पार्टी हुँदैन भनेर हामीलाई प्रस्तुत हुन दिएनन् । र, त्यो सुन काण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै बसे ६ वटा पार्टी । राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने एउटा आधारमा टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन् । अब हामी पनि सोचिरहेका छौं कि हामीले पनि केही गर्नुपर्छ । धेरै भलाद्मी पाराले हुँदैन । त्यसोहुनाले यो घिउ निकाल्नका लागि औंलो अलि बाङ्गै गर्नुपर्दो रहेछ । त्यो बाङ्गो नगरेर हुँदो रहेनछ । संसार नै त्यस्तै छ । यो सबै अवस्था हामीले देखिरहेका छौं । ‘

Tags :
प्रतिक्रिया दिनुहोस