‘गाभ्ने र खारेजीको निर्णय भएका कार्यालयहरूको बजेट शून्य भएको छैन’ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

‘गाभ्ने र खारेजीको निर्णय भएका कार्यालयहरूको बजेट शून्य भएको छैन’


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बजेट २०८०/८१ मा गाभ्ने र खारेजीको निर्णय भएका कार्यालयहरूको बजेट शून्य नभएको दाबी गरेको छ ।

बजेट अभावका कतिपय कार्यालयहरूलाई अप्ठ्यारो परेको भन्दै आन्दोलन भएकोप्रति ध्यानाकर्षण भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका स्रोतका अनुसार कतिपय कार्यालयहरूको बजेट एकमुष्ट विनियोजन भएको र बजेटको अभाव पनि हुँदैन ।

‘बजेट वक्तव्यको बुँदा नं १६ र ४७ मार्फत यस मन्त्रालय मातहतका केही संरचनाहरू खारेजी तथा पुनर्संरचनामा परेको सन्दर्भमा केही कार्यालयहरूको बजेट (अन्तरमन्त्रालय बजेट सूचना प्रणाली) प्रणालीमा शून्य रहेको विषयमा ती सबै निकायहरूको बजेट यस मन्त्रालयमा एकमुष्ट रूपमा विनियोजन गरिएको थियो’ मन्त्रालयले भनेको छ ।

चालु आर्थिक वर्षमा शून्य बजेट प्रविष्टिका कारण केही कार्यालय मार्फत प्रवाह गरिने सेवा प्रभावित भएकोमा यस मन्त्रालयको पहलमा अर्थ मन्त्रालयबाट ती कार्यालयहरूको पुनः बजेट प्रविष्टि कार्य फुकुवा भइसकेको र बजेट प्रविष्टको कार्य भइरहेको मन्त्रालयले जनाएको छ ।

कृषिका कार्यालयहरू पुनर्संरचना सम्बन्धमा अध्ययन विश्लेषण समेतका आधारमा उपयुक्त सङ्गठन संरचना प्रस्ताव गर्न अध्ययन भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

सङ्क्रामक रोगले महामारीको रूप लिएको बारको समस्या समाधानका लागि मन्त्रालयले आवश्यक बजेट र शक्ति परिचालन गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस