सरकारले १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सरकारले १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने


१९ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । सरकारले यो वर्ष १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नको अभाव हुन नदिनका लागि सो परिमाणको धान र चामल आयात गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ ।

भारतले चामल निर्यातमा प्रतिबन्ध लगाएको, नेपालमा पर्याप्त वर्षा नहुँदा धान रोपाइँ पूर्ण रूपमा हुन नसकेको जस्ता पक्षलाई मध्यनजर गर्दै सरकारले धान र चामल आयात गर्ने निर्णय विभागले पत्रकार सम्मेलन आयोजना गरी जानकारी गराएको छ ।

त्यस्तै सरकारले ५० हजार टन चिनी निर्यात गर्ने निर्णय पनि गरेको छ । बजारको आपूर्ति व्यवस्थालाई सहज बनाइ महँगी नियन्त्रणका लागि आपूर्तिको निर्णय भएको बताइएको छ ।

आज काठमाडौँ जिल्ला प्रशासन कार्यालय अगाडि आम द्वन्द्वपीडित र मानवअधिकार समुदायले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा व्यवस्था गरेको त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन सरकारसँग माग गरेका हुन् ।

उनीहरूले सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनमा मानवता विरुद्धका गम्भीर अपराधलाई पनि क्षमा योग्य बनाएको भन्दै विरोधमा द्वन्द्व पीडितहरूले ऐन सच्याउन माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस