सर्वोच्चमा धेरै चुनौती छ,एक जनालाई मात्र अन्याय भयो भने धेरै पोल्छ : न्यायाधीश भट्टराई  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सर्वोच्चमा धेरै चुनौती छ,एक जनालाई मात्र अन्याय भयो भने धेरै पोल्छ : न्यायाधीश भट्टराई 


१९ श्रावण २०८०, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईले सर्वोच्च अदालतमा धेरै चुनौतीहरू रहेको बताएका छन् । 

शुक्रबार काठमाडौँमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पस प्रथम स्ववियु अभ्यास अदालत प्रतियोगिता २०८० फाइनल प्रतिस्पर्धा कार्यक्रममा न्यायाधीश एक जनालाई मात्र अन्याय भयो भने पनि पोल्ने बताएका छन् । 

उनले भने ‘ सर्वोच्च अदालतमा धेरै चुनौती छ । तपाईँको आफ्नो कम्पिटेन्स हैन कि तपाइले दिएको फैसला अन्तिम हुन्छ कदम कदाचित अन्याय पर्‍यो भने पोल्छ । एक जनालाई मात्र पनि अन्याय भयो भने धेरै नरमाइलो हुन्छ । व्यक्तिगत रूपमा नै हामीलाई नरमाइलो लाग्छ । यो चुनौतीपूर्ण छ र तपाईँले प्रतिस्पर्धा गर्ने कुरामा पनि चुनौती छ । ’ 

न्यायाधीश भट्टराईले आफूहरूले १० वर्षमा धेरै मुद्धा फर्छ्यौट गरेको बताए । परेको मुद्धा भन्दा करिव १९ सय बढी मुद्धा छिनेको उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस