काँग्रेस सबैको पार्टी हो : सभापति देउवा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काँग्रेस सबैको पार्टी हो : सभापति देउवा


३० असार २०८०, शनिबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताएका हुन्। उनले सबै आदिवासी जनजातिहरू सहभागिता,समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिवद्ध हुन जरुरी रहेको बताए।

उनले नेपाली काँग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको जिकिर गरे।  ‘यो देश सबैको देश हो, आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश हो। विशेष गरी नेपालको राजनीतिमा सबैको भूमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ। साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरूको पनि समावेशी हुन आवश्यक छ’, उनले भने, ‘त्यसैले अहिले काठमाडौंमा भेला हुनुभएको छ, धन्यवाद छ। एउटा कुरा के छ भने, हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी हो। हाम्रो पार्टीमा बढी भन्दा बढी आदिवासी जनजातिहरूले सहभागिता,समर्थन मात्रै होइन, पूर्ण रूपले जनता नै आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिवद्ध हुनुपर्छ। सबै जनताको सहभागिता आवश्यक छ, पार्टीमा।’

सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न काँग्रेस तयार रहेको बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस