मकाउ पठाइदिने भन्दै ठगी गर्ने जना पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मकाउ पठाइदिने भन्दै ठगी गर्ने जना पक्राउ


२० असार २०८०, बुधबार


पक्राउ

काठमाडौँ । मकाउ पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-८ स्थायी घर भई ललितपुरको गोदावरी-१४ बस्ने ५१ वर्षीय दुर्गाबहादुर रेग्मी रहेका छन्  ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले ठैबबाट पक्राउ गरेको  प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

उनले पीडितलाई जित बहादुर थामा मगरलाई वैदेशिक रोजगारीको लागि मकाउ पठाइदिन्छु भन्दै ६ लाख ६० हजार  रकम लिई सम्पर्कविहीन भएको प्रहरीको भनाई छ।

Tags :
प्रतिक्रिया दिनुहोस