नासुमाथि हातपात प्रकरण : मुद्दा नहेर्न भन्दै न्यायाधीशले गरे इजलास बहिष्कार « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

नासुमाथि हातपात प्रकरण : मुद्दा नहेर्न भन्दै न्यायाधीशले गरे इजलास बहिष्कार


१७ असार २०८०, आइतबार


काठमाडौँ । कानून व्यवसायीलाई थुनामा राखिएको विषयलाई लिएर नेपाल बार एसोसिएसनले काठमाडौँका तीनवटै जिल्ला अदालत र उच्च अदालतका इजलास बहिष्कार गरेको छ ।

ललितपुर जिल्ला बारले अर्को निर्णय नगर्दासम्मका लागि इजलास बहिष्कार गरिएको जनाएको छ ।

यसअघि ललितपुर जिल्ला अदालतमा कार्यरत नासु प्रेमिका तामाङलाई दुर्व्यवहार गरेको विषयमा कानून व्यवसायी अमिर लामिछाने प्रहरी हिरासतमा छन् । देशभरका जिल्ला अदालतका कर्मचारीहरू दोषीलाई कडा कारबाहीको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका थिए । दिउँसो भने कर्मचारी काममा फर्किएका छन् ।
सम्बन्धित समाचार : नायब सुब्बालाई हातपात गरेपछि न्यायालयका कर्मचारी काम रोकेर आन्दोलनमा

यता कानून व्यवसायीका छाता सङ्गठनले कर्मचारीबाट सुरुमा हातपात भएको दाबी गर्दै लामिछाने रिहाइको माग गरिरहेका छन् । कर्मचारी र कानून व्यवसायीको आन्दोलनका कारण मुद्दाको सुनुवाइ प्रभावित बनेको छ ।

सम्बन्धित समाचार : नायब सुब्बामाथि कुटपिट गर्ने वकिलविरुद्ध अवहेलना मुद्दा दायर 

सम्बन्धित समाचार : नासुमाथि हातपात भएपछि कर्मचारीहरूले जनाए आपत्ति 

सम्बन्धित समाचार : ललितपुर अदालतकी नायब सुब्बामाथि मुक्का प्रहार, वकिल पक्राउ


Tags :
प्रतिक्रिया दिनुहोस