भ्रष्टाचार र दण्डहीनता मौलायो : उपभोक्ता हित संरक्षण विभाग « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

भ्रष्टाचार र दण्डहीनता मौलायो : उपभोक्ता हित संरक्षण विभाग


११ असार २०८०, सोमबार


काठमाडौँ । नेकपा एमालेको ‘उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग’ले वर्तमान सरकार उपभोक्ता हित संरक्षण तथा अनुशासन कायम गर्न गम्भीर नबन्दा भ्रष्टाचार र दण्डहीनता मौलाउँदै गएको निष्कर्षसहित सरकारसँग १६ बुँदे माग राखेको छ ।

विभागका प्रमुख जितु गौतमको अध्यक्षतामामा बसेको बैठकले सरकार उपभोक्ता समस्याका बारेमा गम्भीर नबन्दा आम उपभोक्ताको दैनिक चुलो महँगो पर्न गएको ठहर गर्दै १६ बुँदे माग अघि सारेको हो ।

‘वर्तमान सरकार उपभोक्ताको हित संरक्षण तथा सुशासन कायम गर्न तर्फ गम्भीर नभएका कारण निरन्तर रूपमा आम उपभोक्ताको दैनिक चुलो महँगो पर्न गई जनजीवन कष्टकर बन्दै गएको, भ्रष्टाचार, दण्डहीनता र अनियमितता निरन्तर मौलाउँदै गएको निष्कर्षसहित निम्न विषयमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ’, बैठकपछि विभाग प्रमुख गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विभागले आ.व.२०८०–८१ को सरकारको नीति कार्यक्रम तथा बजेट वक्तव्यबाट आलु प्याज समेतका विभिन्न १७० प्रकारका अत्यावश्यक दैनिक उपभोग्य वस्तु तरकारी फलफूल तथा खाद्य वस्तुको आयातमा १३ प्रतिशतका दरले लगाएको भ्याटले उपभोक्तालाई अतिरिक्त आर्थिक भार पर्ने भई चुलोमा परेको महँगीको वृद्धिले उपभोक्ताको दैनिक जीवन निर्वाहमा नै समस्या सिर्जना गरेकोले उक्त भ्याटसम्बन्धी व्यवस्था फिर्ता गर्न भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस