१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक प्रशासनलाई नागरिकले अनुभूति गर्ने गरी सुधार आवश्यक छ -सचिव पुष्कर 

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरि पुष्करले सार्वजनिक प्रशासनलाई नागरिकले अनुभूति गर्ने गरी सुधार आवश्यक रहेको बताएका छन् । मन्त्रालयमा आयोजित नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सचिव पुष्करले सार्वजनिक प्रशासनलाई प्रभावकारी, सक्षम र नागरिकले अनुभूति गर्ने गरी सुधार गर्नु आवश्यक रहेको बताएका हुन् । 

सार्वजनिक प्रशासनलाई प्रभावकारी, सक्षम र नागरिकले अनुभूति गर्ने गरी सुधार गर्नु आवश्यक छ, सचिव पुष्करले भने, यस्ता कार्यक्रमबाट सम्बन्धित क्षेत्रका विज्ञ, प्राज्ञिक क्षेत्र, अनुसन्धानकर्ता एवं सार्वजनिक क्षेत्रलाई एकै ठाउँमा ल्याई समसामयिक सवालमा साझा धारणा बनाउन मद्दत मिल्दछ । 

सचिव पुष्करले विगत लामो समयदेखि थाती रहेको नीति संवाद कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । सार्वजनिक क्षेत्रमा देखिएका समसामयिक मुद्धाहरुलाई सार्वजनिक बहसमा ल्याई प्राप्त सुझावहरूलाई पृष्ठपोषणका रूपमा लिने उद्देश्यले मन्त्रालयद्वारा नीति संवाद कार्यक्रम आयोजना गरेको थियो । 

भ्रष्टाचार नियन्त्रण भनेर भन्दा गरेर तथा अरूबाट भन्दा आफैबाट सुरुवात गर्ने विषय भएको सचिव पुष्करले बताए । 

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव, विभिन्न मन्त्रालयका उच्च पदस्थ पदाधिकारी, त्रिभुवन विश्व विद्यालय र काठमाडौँ विश्व विद्यालयका विद्यार्थी एवं नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरुकोसमेत सहभागिता रहेको थियो । 

कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव तथा सार्वजनिक प्रशासन विज्ञ शरदचन्द्र पौडेलले सुशासन र भ्रष्टाचारका नियन्त्रणबारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा शासन, सुशासन, भ्रष्टाचारका सम्भाव्य क्षेत्र र यसको नियन्त्रणका उपायहरूमा केन्द्रित रहेको थियो । कार्यपत्रमाथि त्रिभुवन विश्व विद्यालय मानविकी संकायका डिन प्रा.डा. कुसुम शाक्यले टिप्पणी गरेका थिए । 

प्रतिक्रिया दिनुहोस