आज यी प्रदेशमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


८ असार २०८०, शुक्रबार


काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा चट्याङ्ग सहित वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति सातै प्रदेशको एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षासँगै बाढी र पहिरोको जोखिम रहने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस