बझाङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, मन्त्रीसहित ३ जनालाई नेपालगञ्ज ल्याइयो « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बझाङ दुर्घटना अपडेट : २ जनाको मृत्यु, मन्त्रीसहित ३ जनालाई नेपालगञ्ज ल्याइयो


५ असार २०८०, मंगलबार


काठमाडौँ । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जनालाई हेलिकप्टरबाट नेपालगञ्ज ल्याएको छ ।

बझाङको केदारस्युँ गाउँपालिकामा भएको जीप दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले बताए । 

अध्यक्ष बोराका अनुसार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज ल्याइएको छ ।

उनले भने, ‘मन्त्री ज्युको म्याडम अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको मृत्यु भएको छ, मन्त्री ज्युको अवस्था पनि गम्भीर देखिन्छ, अहिले नेपालगञ्ज पठाइसक्यौँ ।’

मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१-००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस