ट्रायल सेन्टरबाट १ जना नक्कली परीक्षार्थी प्रहरीको नियन्त्रणमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ट्रायल सेन्टरबाट १ जना नक्कली परीक्षार्थी प्रहरीको नियन्त्रणमा


३ असार २०८०, आइतबार


काठमाडौँ । प्रहरीले ट्रायल सेन्टरबाट १ जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएका छ । 

रामेछापको सुनापती गाउँपालिका १ का २३ वर्षीय सुमन चौलागाईँलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको ट्राफिक प्रहरी टोलीले काठमाडौँको गुर्जुधारा ट्रायल सेन्टरबाट रामेछापका ३० वर्षीय राजेन्द्र चौलागाईँको दुईपाङ्गे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा  सुमनलाई  फेला पारेको थियो । 

नियन्त्रणमा आएका सुमनलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । 

अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नको लागी विशेष कडाइ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक  राजेन्द्र प्रसाद भट्टले बताए । यसका साथै अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भइ दुर्घटना समेत निम्तिने भएकाले ट्रायल सेन्टरहरूमा थप निगरानी बढाइएको समेत उनले बताए।   

Tags :
प्रतिक्रिया दिनुहोस