गेटामा मेडिकल विश्वविद्यालय नै बन्छ : मन्त्री साउद « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

गेटामा मेडिकल विश्वविद्यालय नै बन्छ : मन्त्री साउद


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान नभई स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका छन् ।

सोमबार कञ्चनपुर–२ का नेपाली काँग्रेसका नेताहरूसँग परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उनले गेटामा स्थानीय बासिन्दाको चाहना अनुसार स्वास्थ्य विज्ञान विश्वविद्यालय नै बनाउने बताएका हुन् ।

उनले भने, ‘प्रतिष्ठान कि विश्वविद्यालय भन्ने दुबिधा जनतामा देखिएको भन्दै कञ्चनपुर–२ का नेताहरू मन्त्रीज्यूलाई भेट्न आउनुभएको थियो’, साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले भने, ‘मन्त्रीज्यू प्रतिष्ठान नभएर मेडिकल युनिभर्सिटी नै बन्छ, यसमा सरकार प्रतिबद्ध छ भन्नुभयो । क्याबिनेटबाट निर्णय गरेर सुदूरपश्चिममा विश्वविद्यालय खोल्ने र यसका लागि विधेयक संसदमा पठाउने निर्णय भइसकेको छ । प्रधानमन्त्री निवासमा स्वास्थ्य सचिव बोलाएर विश्वविद्यालय बनाउने विषयमा छलफल गरेरै क्याबिनेटले विश्वविद्यालय बनाउने निर्णय गरेको हो। गेटामा विश्वविद्यालय स्थापना गर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको समाचार पढेका थियौँ। पछि प्रतिष्ठान बनाउने भन्ने कुरा आयो । यसबारे मन्त्रीज्यूसँग छलफल भयो । उहाँले प्रतिष्ठान होइन, विश्वविद्यालय नै बन्ने कुरा गर्नुभयो । यसमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।’

Tags :
प्रतिक्रिया दिनुहोस