बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बाजुराको बिछिया केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछिया केन्द्रविन्दु भएर आज बिहान ७ बजेर ३८ मिनेट जाँदा ४ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

बिछिया केन्द्रविन्दु भएर यसअघि पनि पटक पटक भूकम्प गएको थियो ।

यसअघि यही जेठ १४ सिन्धुपाल्चोक जिल्लाको गोल्चे आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी रहेको जनाइएको छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस