भनेजस्तो मान्छे नपाउँदा स्वास्थ्य बीमा व्यवस्थित बनाउन सकिनँ : मन्त्री बस्नेत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भनेजस्तो मान्छे नपाउँदा स्वास्थ्य बीमा व्यवस्थित बनाउन सकिनँ : मन्त्री बस्नेत


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा व्यवस्थित बनाउन भनेजस्तो मान्छे पाउन नसकेका बताएका छन् । 

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रूपमा नै सुधारको आवश्यकता देखिएको बताए ।

उनले भने, ‘स्वास्थ्य बीमा प्रभावकारी बन्न सकेको छैन। यो बीमा सञ्चालन गर्ने ठाउँमा महत्त्वपूर्ण व्यक्तिहरू मैले स्वास्थ्य र बीमा दुवै बुझेको मानिस खोजिरहेको छु, त्यो पाइरहेको छैन, की स्वास्थ्य बुझेको पाइन्छ की बीमा, दुवै बुझेको मान्छे पाउन सकेको छैन।’

Tags :
प्रतिक्रिया दिनुहोस