एनएमबी बैंक र दराज नेपालबीच कर्जासम्बन्धी सम्झौता « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एनएमबी बैंक र दराज नेपालबीच कर्जासम्बन्धी सम्झौता


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । नेपालको इ-कमर्स प्लेटफर्म दराजले एनएमबी बैंकसँग साझेदारी गरी दराज एनएमबी कर्जा सुविधाको सुरुवात गरेको छ।

उक्त सम्झौतामा दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवर र एनएमबी बैंकका नायव प्रमुख अधिकारी गोविन्द घिमिरेले गत मार्च १९ मा हस्ताक्षर गरेका हुन्।

दराज एनएमबी सजिलो कर्जा नामक यो पहलले बिक्रेताहरूलाई धितोरहित ऋणमा सहज पहुँच प्रदान गरी आफ्नो व्यवसाय विस्तार गर्न र वृद्धिका नयाँ अवसरहरू प्राप्त गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।

दराज एनएमबी सजिलो कर्जा कार्यक्रम अन्तर्गत बिक्रेताहरूले एनएमबी बैंकबाट उपलब्ध गराइने ऋणहरू प्राप्त गर्न सक्छन्।

Tags :
प्रतिक्रिया दिनुहोस