सुदूरपश्चिममा हडताल, गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सुदूरपश्चिममा हडताल, गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउन माग


२८ जेष्ठ २०८०, आइतबार


धनगढी । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै सुदूरपश्चिममा आम हडताल गरिएको छ ।

विश्वविद्यालय स्थापनार्थ गठित सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम अन्तर्गत आज सुदूरपश्चिम प्रदेशमा आम हडताल गरेको हो ।

हडतालका कारण प्रदेशका ९ वटै जिल्लामा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेको छैन ।

विभिन्न जिल्लामा रात्रिकालीन सवारी साधन भित्रिने क्रम भने जारी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

शैक्षिक संस्था, बजार व्यवसाय पनि सञ्चालन हुन सकेका छैनन् । धनगढीसहित टीकापुर अत्तरिया, सुखड, लम्की, चिसापानीलगायतका क्षेत्रमा बजार व्यवसाय चलेका छैनन् भने दुई पाङ्ग्रे बाहेकका सवारी साधन चलेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस