भारतलाई तल्लो अरुण र फुकोट कर्णाली आयोजना प्रचण्डले कौडीको भाउमा दिए : केपी ओली « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

भारतलाई तल्लो अरुण र फुकोट कर्णाली आयोजना प्रचण्डले कौडीको भाउमा दिए : केपी ओली


२७ जेष्ठ २०८०, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतलाई दुई वटा जलविद्युत आयोजना कौडीको भाउमा दिएको बताएका छन् ।

शनिबार नेपाल निजामती कर्मचारी सङ्गठनको दोस्रो राष्ट्रिय महिला भेलामा बोल्दै ओलीले सस्ता आयोजनाहरू तल्लो अरुण र फुकोट कर्णाली कौडीको भाउमा भारतलाई दिएको टिप्पणी गरेका हुन् ।

नेपालको तल्लो अरुण र फुकोट कर्णाली आयोजना भारतीय कम्पनीले निर्माण गर्ने सम्झौता पनि भएको छ । उक्त सम्झौताप्रति टिप्पणी गर्दै ओलीले भने, ‘दुइटा नदी तल्लो अरुण भनेर कौडीको मोलमा दिनुभएको छ । मैले २०७६ सालमा फुकोट कर्णाली आयोजना एकदमै सस्तो छ । ४८० मेगावाट कुदेको नदीबाट विद्युत् निकाल्न सकिन्छ । त्यति सस्तो आयोजना, यो नेपाल आफैले बनाउँछ मैले निर्णय गरेको थिए । यो त अहिले त किस्तीमा राखेर उतै सुम्पिने कुरा भयो, प्रधानमन्त्री भन्न सक्नुहुन्न के सर्तमा दिनु भएको छ । यस्ता यस्ता सरकार बनेका छन । जसले देशको बारेमा चुइँक्क बोल्न सक्दैन । जसले राष्ट्रिय हितको रक्षाका सन्दर्भमा एउटा केही पनि गर्न सक्दैन । विदेश भ्रमणमा जान्छ, एउटा मित्र राष्ट्रको भ्रमणमा जान्छ । मित्रसँग आफ्ना पिर मर्काका कुरा पनि गर्न सक्दैन । मलाई यस्तो पर्‍यो पनि भन्न सक्दैन । यस्ता नालायक सरकारहरू बन्नु भएको देशको दुर्भाग्य हो । ’

Tags :
प्रतिक्रिया दिनुहोस