गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गर्मी बढेसँगै कारागारका कैदीबन्दीमा छालाको समस्या


२७ जेष्ठ २०८०, शनिबार


चितवन । जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो ।

कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो । बसाईं साँघुरो हुँदा पसिनाका कारण दाद, पिलोलगायतका समस्या देखिएको उनले बताए ।

विगत १५ दिनदेखि यो समस्या बढ्दै गएको उनले जानकारी दिए । उनले भने,’यो समस्या अझै फैल्नसक्ने देखिन्छ ।’ गर्मी बढेसँगै छाला र झाडापखालाको समस्यासमेत देखिएको उनले बताए ।

अहिले २५ जनामा झाडापखालाको समस्या देखिएको उनले जानकारी दिए । यसलाई रोकथामका लागि कारागार प्रशासनले आन्तरिक व्यवस्थापनको काम गरिरहेको उनले भनाइ छ ।

कारागारमा सात सय ४० कैदीबन्दी रहेका छन् । दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दी गृहमा छ सय ९३ र २५ जनाको क्षमता रहेको महिला बन्दी गृहमा ४७ जना कैदीबन्दी छन् । तीसँगै आश्रित बालबालिका चार जना रहेको कार्यालयका प्रमुख कमलप्रसाद आचार्यले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस