पिउने पानी र सरसफाईमा ध्यान दिन अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन   « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पिउने पानी र सरसफाईमा ध्यान दिन अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशन  


२६ जेष्ठ २०८०, शुक्रबार


डाक्टर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका अस्पतालहरूलाई स्वच्छ पिउने पानी र सरसफाईमा थप ध्यान दिन निर्देशन दिएको छ । 

शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पतालहरूमा स्वच्छ खानेपानी र सरसफाइको उचित व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतसहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरूमा गरेको निरीक्षणका क्रममा अस्पतालहरूमा स्वच्छ खानेपानी र सरसफाइको उचित व्यवस्थापन नभएको पाइएको थियो ।

मन्त्री बस्नेतले उपत्यकाका वीर, शहिद गङ्गालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौडा अस्पताल सहित अस्पतालको अनुगमन गरेका थिए । यसका साथै अस्पतालहरूमा शल्यक्रिया पश्चात् बिरामी राख्ने वार्डहरूमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनुपर्ने मन्त्रालयले अस्पतालहरूलाई स्मरण गराएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस