राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राजनीतिक दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग


२६ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे छलफल गर्न आज (शुक्रबार) बिहान ११ बजे आयोगको सभाहलमा सर्वदलीय बैठक बोलाएको हो ।

जेठ १५ गते प्रस्तुत भएको बजेट वक्तव्यमा अर्थमन्त्री डा.प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालयको इकाइको रूपमा राख्ने र निर्वाचन कार्यालयहरू प्रदेशमा मात्र रहने प्रस्ताव गरेका थिए । सोही लगायतका विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने १४ दललाई आयोगले बोलाएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालयको विषयमा गरिएको व्यवस्था, निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक नेपाल सरकारमार्फत संसद्मा पेस, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलको लेखा तथा लेखापरीक्षण बैठकका एजेण्डा रहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस