नेसपाको केन्द्रीय समितिको बैठक आजबाट  « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नेसपाको केन्द्रीय समितिको बैठक आजबाट 


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ ।  नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ ।  

 बैठक भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने भएको छ ।

आज र भोलि २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने नेसपाका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

बैठकमा अध्यक्ष डा.बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । 

Tags :
प्रतिक्रिया दिनुहोस