करिम बेन्जेमा साउदीको अल-इतिहाद क्लबमा अनुबन्धित « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

करिम बेन्जेमा साउदीको अल-इतिहाद क्लबमा अनुबन्धित


२४ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इतिहादमा अनुबन्ध भएका छन् ।

स्पेनिस ला लिगा क्लब रियल मड्रिड छाडेका फरवार्ड बेन्जेमा साउदीको प्रो लिग क्लब इतिहादमा अनुबन्धित भएका हुन् ।

उनले प्रो लिग च्याम्पियन क्लबसँग ३ वर्षको सम्झौता गरेका छन् । बेन्जेमाले १४ वर्षपछि रियल छाडेका थिए ।

बालोन डीओर विजेता बेन्जेमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस