अर्थमन्त्रीज्यू पूजापाठ गरेर अर्थतन्त्र सुधार हुँदैन : ओली « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अर्थमन्त्रीज्यू पूजापाठ गरेर अर्थतन्त्र सुधार हुँदैन : ओली


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई पूजा पाठबाट अर्थतन्त्र सुधार नहुने सुझाव दिएका छन्। 

मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो सुझाव दिएका हुन् । 

उनले भगवानको शरणमा परेर र पूजापाठ गरेर अर्थतन्त्रमा सुधार नहुने बताउँदै भिजनसहितको प्रयासबाट मात्रै अर्थतन्त्रमा सुधार आउने बताए। 

‘अजिङ्गर जस्तो छ। अगाडि केही आयो भने तानेर खाउँला। भन्सारमा राखिदिएको टोकरीमा आइलाग्यो भने स्वाप्प पार्ने। मैथिलीतिर भन्छ,‘अस्तर केरन चाकरी, पन्छी करेन काम, सबके दाताराम। त्यस्तै अजिङ्गरले काम गर्दैन, पन्छीको खेतीसेती छैन। पालिएको छ भने हामी किन पालिँदैनौँ ? भगवान् छन् नि भन्ने छ। यहाँ भएन भने भारत गएर १०८ किलो माला चढाएर भए पनि भगवान् छन् नि हाम्रा। किन कोसिस गर्नुपरेको छ भन्ने भएको छ। ओलीले भने, ‘तर, संसारमा पूजा पाठबाट अर्थतन्त्र सुद्धृढ कहीँ पनि भएको छैन अर्थमन्त्रीज्यू चाहनाबाट मात्रै हुँदैन, भिजन र क्यालकुलेटर सहितको प्रयासबाट मात्रै पूरा हुन्छ,’ उनले भने।  

Tags :
प्रतिक्रिया दिनुहोस