करको दर हेरफेरको विषयले संसद बैठक बस्न ढिलाइ, सरकारसँग जवाफ माग गर्ने तयारी « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

करको दर हेरफेरको विषयले संसद बैठक बस्न ढिलाइ, सरकारसँग जवाफ माग गर्ने तयारी


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भनी उठेको विषयमा सरकारको जवाफ माग गर्ने भएका छन् ।

प्रतिनिधि सभा बैठक अगाडि सभामुख देवराज घिमिरेसहित सबै राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकमा एमाले र राप्रपाका नेताहरुले यस्तो जानकारी गराएका हुन् ।

तर यो विषयको वास्तविकता फरक रहेको भन्दै सत्तारुढ दलहरूले प्रतिवाद गरेका छन् । प्राविधिक रूपमा जान्ने भएका कारण करारको सरकारी कर्मचारीले बजेट टाइप गरेको विषय अन्यत्र जोड्न नमिल्ने सत्तारुढ दलहरूको भनाइ छ ।

सत्तारुढ प्रतिपक्षी दलहरूको यही विवाद र छलफल लम्बिएका कारण बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक मध्याह्न १२ बज्दासमेत सुरु हुन सकेको छैन । मङ्गलवारको बैठकमा बजेटमाथि सामान्य छलफल गर्ने कार्यसूची छ ।

Tags :
प्रतिक्रिया दिनुहोस