चार प्रदेशको पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा, तराईमा ‘लू’ को सम्भावना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चार प्रदेशको पहाडी भू-भागमा चट्याङसहित क्षणिक वर्षा, तराईमा ‘लू’ को सम्भावना


२३ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

यस्तैगरी, मध्य तथा पूर्वी तराईका भू-भागहरूमा अधिकतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू-भागहरूमा तातो हावा ‘लू’चलिरहेको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस