सदस्य सचिव हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सदस्य सचिव हटाउने निर्णय कार्यान्वयन नगर्न आदेश 


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । उच्च अदालत विराटनगरले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेको पद थमौती गरिदिएको छ। 

अदालतले वाग्लेलाई हटाउने निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेशलाई पुनः निरन्तरता दिएको छ।

उच्च अदालतले अन्तरिम आदेशलाई पुनः निरन्तरता दिएसँगै वाग्लेको पद जोगिएको हो।

कोशी प्रदेश सरकारको गत जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध भोलिपल्ट नै वाग्लेले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए।

उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले प्रदेश सरकारको उक्त निर्णय कार्यान्वयन नगर्न जेठ ५ गते अन्तरिम आदेश दिएको थियो।

सोमबार पुनः उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले जेठ ५ को अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस