नेपाली नागरिकता लिने ९ भारतीयलाई थुनामा पठाउने आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाली नागरिकता लिने ९ भारतीयलाई थुनामा पठाउने आदेश


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेपाली नागरिकता लिएको आरोपमा ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । 

पक्राउ परेका १० जना भारतीय नागरिकमध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौँले आदेश दिएको हो । 

पक्राउ परेका १० जनामध्ये भरतप्रसाद गुप्ताका छोरा राहुल गुप्तालाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ । उनले २९ वैशाख २०७० मा वंशजको आधारमा नागरिकता लिएको खुलेको थियो । त्यसका आधारमा उनले १ मंसिर २०७१ मा पासपोर्ट समेत बनाएका थिए ।

उनका बुबा भरतप्रसाद गुप्ताले भने १७ चैत २०६३ मा जन्मका आधारमा नेपाली नागरिकता लिएका थिए ।

पक्राउ पर्ने अन्यमा ज्ञानमती देवी गुप्ता, गोपाल गुप्ता, रामसुन्दर गुप्ता, रामप्रसवेश गुप्ता, भरत गुप्ता, स्नेह लता गुप्ता, मिना देवी गुप्ता र राजेशकुमार गुप्ता छन् ।

अदालतको आदेशपछि एक जनाबाहेक सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले बताए । प्रकरणमा भरत शाह कलवार, रोहितकुमार शाह, अनिलकुमार शाह र भोला भनिने सुनिल शाह कलवार अझै फरार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस