फार्मेसी सहायकको लाइसेन्स परीक्षा मिति ताकियो  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फार्मेसी सहायकको लाइसेन्स परीक्षा मिति ताकियो 


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । फार्मेसी सहायकको नाम दर्ता लाइसेन्स परीक्षा आगामी असार ३ गते हुने भएको छ ।

नेपाल फार्मेसी परिषद्ले सोमबार सूचना जारी गर्दै फार्मेसी सहायकको २२औँ लाइसेन्स परीक्षाको मितिबारे जानकारी दिएको हो ।

परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सानो भर्‍याङमा हुने छ । बिहान ११ बजे हुने परीक्षामा ९ बजे नै उपस्थित हुन परिषद्ले अनुरोध गरेको छ ।

परीक्षार्थीका लागि नागरिकता वा राज्यले प्रदान गरेको परिचयपत्र अनिवार्य गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस