दोलखाको शारदा माविमा शिक्षक माग गर्दै विद्यार्थीहरू आन्दोलित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दोलखाको शारदा माविमा शिक्षक माग गर्दै विद्यार्थीहरू आन्दोलित


२२ जेष्ठ २०८०, सोमबार


चरिकोट । दोलखाको शारदा माविका विद्यार्थीले शिक्षक माग गर्दै प्रदर्शन गरेका छन् ।

बिगु गाउँपालिका ३ बुलुङमा रहेको शारदा माविमा लामो समयदेखि विषयगत शिक्षक उपलब्ध नभएकाले पठन पाठन अवरुद्ध भएको भन्दै विद्यार्थीहरू आक्रोशित हुँदै प्रदर्शन गरेका हुन् ।

प्रधानाध्यापक बालकृष्ण मल्ल ठकुरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काबीचको द्वन्द्वका कारण शिक्षकको पदपूर्ति हुन नसकेको विद्यार्थी र अभिभावकको आरोप छ ।

२०० हाराहारीमा विद्यार्थी अध्ययनरत रहेको यो विद्यालयमा ४ जना शिक्षकको दरबन्दी खाली रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस