काँग्रेस सहमहामन्त्री चौधरीलाई मातृ शोक « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काँग्रेस सहमहामन्त्री चौधरीलाई मातृ शोक


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री उमाकान्त चौधरीलाई मातृ शोक परेको छ ।

नेता चौधरीकी आमा मदेशिया थरुनीको आज बाराको कोल्हवी नगरपालिकास्थित आफ्नै निवासमा निधन भएको हो ।

उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ ।

थरुनीको निधनप्रति काँग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाको तर्फबाट काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै थरुनीको निधनबाट काँग्रेसले एक अग्रज व्यक्ति गुमाएको बताएका छन् ।

सभापति देउवाले थरुनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामनाका साथै सहमहामन्त्री चौधरीलगायत शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस