चिकित्सक लाइसेन्सको नतिजा सार्वजनिक, ६१ प्रतिशत चिकित्सक फेल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिकित्सक लाइसेन्सको नतिजा सार्वजनिक, ६१ प्रतिशत चिकित्सक फेल


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा प्रकाशित भएको छ ।

नेपाल मेडिकल काउन्सिलका अनुसार ६१।६१ प्रतिशत चिकित्सक फेल भएका छन् । परीक्षामा मेडिकल (एमबीबीएस) र डेन्टर (बीडीएस) गरी १ हजार ७२६ जना फारम भरेका थिए । यस्तै १७ जना परीक्षामा अनुपस्थित र १२ जनाको नतिजा रोकिएको मेडिकल काउन्सिलले जनाएको छ । 

कुल १ हजार ७०९ जना सहभागिता मध्ये १ हजार ५२ फेल र ६५३ जना चिकित्सक पास भएका छन् ।

मेडिकल (एमबीबीएस) तर्फ कुल १ हजार ३९२ जनाले फारम भरेकोमा १ हजार ३७८ जना परीक्षामा सहभागी भएको बताएको छ । त्यसमध्ये ५५८ जना (४०.४९ प्रतिशत) मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ । 

यस्तै, डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए । जसमध्ये ९८ जना २९.६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस