नेपाली हजयात्रीको पहिलो टोली साउदी अरब प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाली हजयात्रीको पहिलो टोली साउदी अरब प्रस्थान


१९ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । हज गर्न जाने मुस्लिम समुदायको पहिलो टोली साउदी अरबको मक्का मदिना प्रस्थान गरेको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले २ सय ६८ जनालाई बिहिबार राति १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् ।

मुस्लिम जनसङ्ख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ । विभिन्न समूह गरी २४ गतेसम्ममा यस वर्षका झण्डै एक हजार एक सय ८० हजयात्री साउदी अरेबिया पुग्ने गृह मन्त्रालयले जनाएको छ । उनीहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किर्ने छन् । नेपालमा मुस्लिमको जनसङ्ख्या १२ लाखको हाराहारीमा रहेको जनाइएको छ ।

नेपाल हज समिति, सचिवालयका सदस्यसचिव एवं गृह मन्त्रालयका उपसचिव विश्व कुइँकेलका अनुसार हज समितिको सिफारिसका आधारमा हज यात्रीको छनोट हुने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस