लमजुङ कारागारबाट फरारमध्ये एक जना पक्राउ  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लमजुङ कारागारबाट फरारमध्ये एक जना पक्राउ 


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । लमजुङ कारागारबाट फरार दुईमध्ये एकजना पक्राउ परेका छन् । बिहीबार राति साढे १ बजेतिर कारागारको पर्खाल नाघेर एक कैदी र अर्का एक थुनुवा फरार भएका थिए ।

फरारमध्ये जिल्लाको मध्यनेपाल नगरपालिका-४ दुईपिप्लेका २७ वर्षीय विनोद बिक बिहीबार दिउँसो पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनलाई बेसीसहर-२ चिसापानीको जङ्गलमा हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी जबर्जस्ती करणी मुद्दामा २०७९ साउन २४ गते पुर्पक्षका लागि कारागार चलान भई जिल्ला अदालत लमजुङले २०७९ चैत १ गते ४ वर्ष कैद र ४ लाख जरिवानाको फैसला सुनाएको थियो ।

बिकसँगै ठगी मुद्दामा २०८० वैशाख ३१ गते पुर्पक्षका लागि कारागार चलान भएका गोरखाको चुमनुब्री गाउँपालिका-३ घट्टेखोला घर भई हाल पोखरा महानगरपालिका-१६ बस्ने ३७ वर्षीय चन्द्रमान गुरुङ पनि फरार भएका थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । ।

Tags :
प्रतिक्रिया दिनुहोस