कुशासन, बेथिति, भ्रष्टाचार हटाउँछु भनेर आश्वस्त पार्न सक्यो भने पार्टीको घर भरिन्छ : गगन थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कुशासन, बेथिति, भ्रष्टाचार हटाउँछु भनेर आश्वस्त पार्न सक्यो भने पार्टीको घर भरिन्छ : गगन थापा


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रका सबै गुटहरूलाई भत्काउनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले काँग्रेस पुनर्निर्माणका निम्ति सबै गुटहरूलाई भत्काउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘मेरो आग्रह छ, नेपाली काँग्रेस पार्टीभित्र अब यसलाई सुधार्ने हो भने काँग्रेसभित्र हामीले भएको गुट सबै भत्काउनुपर्छ । जम्मा काँग्रेसमा दुई वटा गुट छ भन्ने बनाऔँ । जम्मा दुई वटा गुट काँग्रेसमा अब । एउटा गुट काँग्रेसमा परिवर्तन चाहने गुट । एउटा गुट परिवर्तन रोक्ने गुट । यो दाइ, त्यो दाइ सबै छोडिदिनुहोस् । काँग्रेसले कुशासन, बेथिति, भ्रष्टाचार म हटाउँछु र तिमीलाई आजभन्दा भोलि राम्रो बनाउँछु । राम्रो अवसर दिन्छु भनेर आश्वस्त पार्न सक्यो भने यो पार्टीको घर भरिन्छ । ‘नयाँ मान्छे आउँछन् । नआउने कुरै छैन । काँग्रेस कमजोर हुने कुरै छैन ।’

Tags :
प्रतिक्रिया दिनुहोस