पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प छैन : गगन थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प छैन : गगन थापा


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापा पार्टीलाई सुधार गरी अघि बढाउनुको विकल्प नभएको बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले पार्टी नेतृत्वको गलत निर्णयका कारण काँग्रेसप्रति जनताको निराशा बढेको बताएका हुन् ।

तल्लो तहमा गएर आवश्यक सुधार लिई त्यसका आधारमा पार्टी सुधारको अभियानलाई अघि बढाउनुपर्ने उनको भनाई थियो ।

उनले चुनाव अघिको गठबन्धनले नै पार्टीप्रतिको विश्वासमा सङ्कट देखा परेको अवस्थामा आगामी चुनावमा सारा दलबीच गठबन्धन भए पनि काँग्रेस एक्लै चुनाव लड्छ भन्ने आश्वस्त पार्नुपर्ने जिकिर गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस