विराटनगरमा भारतबाट कार्गो रेल आएपछि सिँगारियो कस्टम यार्ड  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

विराटनगरमा भारतबाट कार्गो रेल आएपछि सिँगारियो कस्टम यार्ड 


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ। २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डमा आज (बिहीबार) भारतबाट रेल आउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको हो ।

सो रेल भारतको बथनाहाबाट विराटनगरतर्फ लागेको छ । कार्गो रेल पहिलो पटक आउने भएपछि विराटनगरको कस्टम यार्ड सिँगारेर चिटिक्क पारिएको छ । रेल हेर्ने स्थानीयको भिड लागेको छ भने उद्योगी व्यवसायीले रेललाई स्वागत गर्दैछन् । फूल मालाले सिँगारेर रेललाई पनि चिटिक्क पारिएको छ । उक्त रेल भारतको बथनाहाबाट विराटनगरतर्फ लागेको छ ।

रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन अझै सकेको थिएन । बथनाहा रेल-वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टै यार्डसम्मको सात किलोमिटर दूरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल-वे लिक परीक्षण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस