नागरिकता प्रमाणीकरणबारे छलफल गर्न रास्वापाले बोलायो सांसद र केन्द्रीय समिति बैठक « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

नागरिकता प्रमाणीकरणबारे छलफल गर्न रास्वापाले बोलायो सांसद र केन्द्रीय समिति बैठक


१८ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणको विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठक बोलाएको छ ।

नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया गलत भएको निष्कर्षमा रहेको संसद्को चौथौँ ठूलो दल रास्वपाले संसदीय दलको र केन्द्रीय समितिको बैठक फरक–फरक समयका लागि बोलाएको हो ।

पार्टी महामन्त्री मुकुल ढकालले दिएको जानकारी अनुसार आज साढे ११ बजेदेखि सांसदहरूको छलफल जारी छ । साढे १२ बजे पश्चात् केन्द्रीय समितिको पनि बैठक बस्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस