फेवातालको सिमसार क्षेत्र पुर्ने काम तत्काल रोक्न माग गर्दै रिट दर्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

फेवातालको सिमसार क्षेत्र पुर्ने काम तत्काल रोक्न माग गर्दै रिट दर्ता


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ। फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । बुधबार अधिवक्ता मनोज घर्ती मगरले परमादेश माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता गरेका हुन् । 

रिटमाथि सुनुवाइ गर्न बिहीबारका लागि पेशी तोकिएको छ । फेवातालको सिरानमा टिपरबाट माटो बोकेर सिमसार र रामसार पुर्ने कार्य रोक्न मागसहित उक्त रिटमा सिमसार पुर्न प्रयोग भइरहेका टिपर र डोजरहरू तत्कालै नियन्त्रणमा लिन अन्तरिम आदेश माग गरिएको हो । 

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी, वन तथा वातावरण मन्त्रालय गण्डकी, ताल संरक्षण तथा विकास प्राधिकरण प्रमुख कल्पना देवकोटालाई विपक्षी बनाइएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस