खप्तड सुदूरको प्रचुर पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो : उपरथी थापा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खप्तड सुदूरको प्रचुर पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो : उपरथी थापा


१७ जेष्ठ २०८०, बुधबार


डोटी । डोटी खप्तड क्षेत्र सुदूरपश्चिम प्रदेशको प्रचुर सम्भावना बोकेको पर्यटकीय, धार्मिक एवं सास्कृतीक क्षेत्र रहेको सुदूरपश्चिम पृतना हेड क्वाटरका पृतनापति उपरथी विजय थापाले बताएका छन् । 

सिलगढीमा गंगादशहरा मेलाको उपलक्ष्यमा आयोजित विविध प्रतियोगिता कार्यक्रमको समापन समारोहमा बोल्दै उपरथी थापाले उक्त कुरा बताएका हुन् । 

खप्तड क्षेत्रको पर्यटकीय विकास गर्न नागरिक र सैनिक सम्बन्धलाई थप उजागर गर्ने उद्देश्यले खप्तड क्षेत्रमा आयोजना गरेको कार्यक्रमले खप्तडको पर्यटकीय विकास प्रवर्द्धन र समग्र सुदूरपश्चिमको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने उनले बताए । 

उपरथी थापाले सुदूरपश्चिमको धार्मिक महत्त्व, प्राकृतिक महत्त्व  र यहाँका जनताको मनमा सुन्दरताले भरिएको बताए । 

प्रतियोगितामा युवा तथा महिला प्रतियोगिहरुको उल्लासपूर्ण सहभागिताले महिलाहरूले आजको युगमा पुरुष सरह साहसिक खेलहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्षम रहेका छन भन्ने सन्देश दिएको समेत उपरथी थापाले बताए । 

जेठ शुक्ल पक्ष दशमी तिथिमा खप्तड क्षेत्रमा लागेको गङ्गादशहरा मेलाको अवसरमा भलिबल, देउडा, घोडा दौड,  हाइ अल्टिच्युट म्याराथन खप्तड देखि डोटीको शैलेश्वरि मन्दिर सम्म, महिला म्याराथन डोटीको झिग्राना देखि शैलेश्वरि मन्दिर सम्म प्रतियोगिताहरू सञ्चालन भएका थिए । 

सुदूर पश्चिम खेलकुद परिषद् कैलाली र उद्योग वाणिज्य सङ्घ डोटीको आयोजना तथा नेपाली सेनाको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस