नोबेल अस्पतालको शौचालयमा एक युवक मृत फेला « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नोबेल अस्पतालको शौचालयमा एक युवक मृत फेला


१७ जेष्ठ २०८०, बुधबार


विराटनगर । नोबेल अस्पतालको शौचालयभित्र एक युवक मृत फेला परेका छन् ।

मिक्लाजुङका ३३ वर्षीय पुरुष बुधबार बिहान अस्पतालको शौचालयभित्र झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

आज बिहान ५ : २० बजेतिर शौचालय छिरेका उनी शौचालयबाट ननिस्किएपछि हेर्दा शौचालयको ढोकाभित्रबाट बन्द गरी चुकुलको हेन्डिलमा झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

मृतकले आफैंले लगाएको हरियो कपडाको पासो लगाएको देखिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस