ए डिभिजन लिग : आज दुई खेल हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ए डिभिजन लिग : आज दुई खेल हुँदै


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज (बुधबार) दुई खेल हुँदैछ।

एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ बजे युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

२२ खेलमा २९ अङ्क जोडेर छैटौँ स्थानमा रहेको सातदोबाटो नवौँ जितको खोजीमा हुनेछ। २२ खेलमा ३६ अङ्क जोडेर तेस्रो स्थानमा रहेको मच्छिन्द्र दशौँ जितको प्रयासमा हुनेछ ।

यस्तैगरी, च्यासल मैदानमा दिउँसो ३ बजे नै हुने खेलमा थ्रीस्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। २२ खेलमा २६ अङ्क जोडेर ११ औं स्थानमा रहेको रहेको छ ।

संकटा २२ खेलमा २६ अङ्क जोडेर १२ औँ स्थानमा रहेको रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस