तलब खुवाउने पैसा छैन भन्ने कुरा उडन्ते, पछि नलाग्नू : अर्थमन्त्री  « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

तलब खुवाउने पैसा छैन भन्ने कुरा उडन्ते, पछि नलाग्नू : अर्थमन्त्री 


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारसँग तलब खुवाउने समेत पैसा छैन भन्ने कुरा उडन्ते रहेको बताएका छन् । 

आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि सिंहदरवारमा आज (मङ्गलवार) पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. महतले भने, ‘तलब नै छैन भनेर यो कसले भन्यो भनेर यो उडन्ते कुराको पछाडि नलाग्नु ।’

उनले तलब, भत्ता र सामाजिक सुरक्षाका कुराहरूमा गरिएका कमिटमेन्टहरू पूरा गरिने दाबी गरे । ‘हामीले तलब, भत्ता, पेन्सन जे जे कमिटमेन्ट हो त्यो पूरा गरिरहेका छौँ, भविष्यमा पनि केही समस्या आउने छैन । सामाजिक सुरक्षा हामीले कमिटमेन्ट गरेका छौँ, त्यसबाट ब्याक गर्ने कुरा छैन । त्यसलाई जसरी पनि रिसोर्स जुटाएर गर्छौँ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस